सडक निर्माणमा कार्यरत् मजदुर अलकत्रामा जलेर गम्भीर घाइते

झापा । हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्जमा सडक निर्माणमा खटिएका कार्यरत् एक जना मजदुर जलेर गम्भीर घाइते भएका छन्।

गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ स्थित पेट्रोल पम्पनजिकै हुलाकी सडक कालोपत्रे गर्ने क्रममा अलकत्रा विच्छाउने मेसिनको फायरिङ खोल्दा ३६ वर्षीय मोहम्मद मोनाथ जलेर घाइते भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।

frontline

उनको शरीरको खुट्टादेखि घाँटीसम्म तातो अलकत्राले जलेको छ।

प्रहरीका अनुसार घाइतेको शरीर ८० प्रतिशत जलेको छ। 

घाइतेलाई उपचारका लागि दमक लगिएको थियो।

तर, दमकका अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगिएको सडक निर्माण आयोजनाका ठेकेदारले बताएका छन्।

उनी भारतीय नागरिक भएको आशंका गरिएको छ।

तर, ठेकेदार कम्पनी मोतिदान कन्स्ट्रक्सनले भने उनी नेपाली नागरिक रहेको दाबी गर्दै उनको नाम रत्न चौधरी रहेको बताएको छ।

उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

लापरबाहीपूर्वक अलकत्रा खन्याउँदा उनी घाइते भएको स्थानीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

poster-here