१० वर्षीया छोरीलाई बलात्कार गरी फरार भएका बाबुलाई पक्राउ

श्रोत :ईन्टरनेट

काठमाडौं । १० वर्षीया छोरीलाई बलात्कार गरी फरार भएका बाबुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-३ का एक पुरुष छन्।

frontline

उनलाई घटना घटेको १३ वर्षपछि बिहीबार पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

ती पुरुषलाई अदालतले १३ वर्ष कैद फैसला गरेको थियो

। फरार प्रतिवादी खोजी सिलसिलामा उनलाई घरमै फेला पारेर पक्राउ गरिएको काफ्लेले बताए।

२०६४ साल कात्तिक ९ गते उनले १० वर्षीया छोरीलाई बलात्कार गरेर भागेको प्रहरीले जनाएको छ।

उनीसहितका चार जना व्यक्तिले गाईवस्तु चराउन गएकी बालिकालाई सामूहिक बलात्कार गरी भागेको काफ्लेले बताए।

सप्तरी जिल्ला अदालतमा उनलाई बिहीबार पेश गरिएकोमा अदालतले कारागार चलान गरेको छ। 

बलात्कारमा संलग्न एक जना अभियुक्त दुई महिनाअघि पक्राउ परेका थिए।

उनी सप्तरी कारगार चलान भइसकेका छन्। 

अन्य दुई जना भने फरार रहेको र खोजी भइरहेको डिएसपी काफ्लेले बताए।

प्रतिक्रिया दिनुहोस्

poster-here