आयोडिन युक्त नुनमा समेत निजी कम्पनीलाई अनुमति दिनु वदनियतपूर्ण कदम

कञ्जुमर आई नेपालले विज्ञप्ति जारी गर्दै बजेट भाषणमार्फत गरिएको निर्णयको विरोध

काठमाडौँ । सरकार नियन्त्रित साझेदार संस्थाले नुन आपूर्ति र वितरण गरिरहेकोमा निजी कम्पनीलाई विक्री वितरण गर्न दिने सरकारको निर्णयप्रति उपभोक्तावादी संस्था कञ्जुमर आई नेपालले आपत्ति जनाएको छ ।

संस्थाकी अध्यक्ष विमला खनालले आज एक विज्ञप्ति जारी गर्दै बजेट भाषणमार्फत गरिएको निर्णयको विरोध जनाएकि हुन् ।

frontline

सरकारले हालै सार्वजनिक गरेको बजेट भाषणमार्फत सबै तह र क्षेत्रका उपभोक्ताले उपभोग गर्ने आयोडिन युक्त नुनमा अनुदान दिई सरकार नियन्त्रित साझेदार संस्थाले आपूर्ति र वितरण गरिरहेकोमा निजी कम्पनीलाई बिक्री, वितरण गर्न दिने अनुमतिको निर्णयप्रति कञ्जुमर आई नेपालद्वारा आपत्ति जनाउदै यो विज्ञप्ति जारी गर्दछौं’ संस्थाले भनेको छ ।

साल्ट ट्रेडिङले सुपथ मूल्यमा देशभर सहज आपूर्ति र बिक्री, वितरण गर्दै आइरहेकोमा बजेटमार्फत निजी कम्पनीलाई अनुमति दिनु शंकास्पद रहेको पनि संस्थाले जनाएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निजी क्षेत्रलाई सहभागी गराउनु भनेको बजारका अन्य वस्तुमा जस्तै नुनमा पनि कालो बजारी, कृतिम अभाव र न्यूनगुणस्तरको हुनगई आम उपभोक्तामा प्रतिकुल असर पर्ने हुँदा उक्त बजेट शीर्षक २११ लाई खारेज गरी नुनको सहजतामा ध्यान दिन कञ्जुमर आई नेपाल यो विज्ञप्ति मार्फत अनुरोध गर्दछ ।’

संविधानले समेत प्रदत्त गरेको उपभोक्ताको हकमा गुणस्तरीय वस्तु तथा सेवाको उपभोग गर्न पाउने हक साथै सरकारले जनता समक्ष गरेको प्रतिवद्धता र दायित्व नै उल्टाउदै गरिएको निर्णय सच्च्याउन संस्थाले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

‘जनताले सुलभ रूपमा पाइरहेको आयोडिन युक्त नुनमासमेत निजी व्यापारका लागि अनुमति दिनु वदनियतपूर्ण कदम हो, विज्ञप्तिमा भनिएको छ, ‘यसै विज्ञप्तिमार्फत उक्त निर्णय तत्काल फिर्तालिन जोडदार माग समेत गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here