लुम्बिनी प्रदेशका पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीको डुबानमा

श्रोत:ईन्टरनेट

लुम्बिनी। विगत तीन दिनदेखि परेको लगातारको वर्षाले लुम्बिनी प्रदेशका पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीको डुबानमा परेका छन् । सोमबारदेखि परेको अविरल वर्षाले रूपन्देहीको तिनाउ नदि तटका केही घरहरू बगाएको छ।

पूर्व-पश्चिम राजमार्गको बुटवल-देवदह खण्डमा निर्माणाधिन सडकको कजवे भत्किएर मंगलबारदेखि आवतजावत ठप्प छ। बुटवलबाट पूर्व जानेहरू भैरहवा परासी सडकहुँदै जान बाध्य छन् ।

frontline

रूपन्देहीका  तिनाउ, दानव, रोहिणी, डण्डालगायत नदिको बहाव उच्च बन्दै गएपछि नदि आसपासका बासिन्दालाई स्थानीय प्रशासन र पालिकाले सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

श्रोत:ईन्टरनेट

वर्षाले भैरहवा, लुम्बिनी, बेथरी, मर्चवारलगायतका क्षेत्रमा डुबान गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ भरथापुर मंगलबारदेखि डुवानमा परेको छ। तिनाउ र दानव नदीको संगमस्थल दुई मोहानदेखि ३ किलोमिटर तल रहेको उक्त गाँउमा मंगलबार राति बाढी पसेको हो ।

अहिले पनि उक्त क्षेत्रमा पानीको बहाव र सतह घटेको छैन। डुबान भएका बस्तिमा ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पुगि २ दिने सुत्केरी महिलासहित ७ जनालाई उद्दार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ।

डुबानमा परेका केही आफन्तकोमा आश्रय लिएको र केहीलाई स्थानीय सामुदायिक बीउ भण्डारलगायतका स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

मर्चवारमा गाउँमा बाढी पस्न थालेपछि सडक भत्काएर पानीको निकास दिईएको छ। पानी गाउँमा पस्न नदिन मर्चवारको मकरी र बैरिहवामा सडक भत्काइएको हो।

श्रोत:ईन्टरनेट

सडक भत्काइएपछि मर्चवार क्षेत्रमा सडक–सम्पर्क टुटेको छ ।

यस्तै मायादेवी गाउँपालिका वडा नम्बर ६ को शिवपुर मकरीमा पनि सडक भत्काइएको छ। ईलाका प्रहरी कार्यालय मझगाँवा र सशस्त्र प्रहरीको समूहले मंगलबार राति सडक भत्काएका हुन्। सडक तत्काल डोजरले भत्काएपिछ गाँउमा पस्न लागेको बाढी रोकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here