बझाङका सडक अवरूद्ध, दर्जनौं बस्ती जोखिममा

श्रोत:ईन्टरनेट

सुदूरपश्चिममा दुई दिनको अवधिमा बाढी-पहिरोबाट दुई जनाको मृत्यु, एक जना बेपत्ता

सुदूरपश्चिममा दुई दिनको अवधिमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा बाजुरा एक जना, डोटीका एक जना छन्। बाजुराकै एक जना अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग र बाजुरा जोड्ने साँफेमार्तडी सडकखण्ड अवरूद्ध भएको छ।

frontline
श्रोत:ईन्टरनेट

जसले गर्दा यी जिल्लाका अतिआवश्यक काम प्रभावित बनेका छन्।

लगातार परेको वर्षाका कारण प्रदेशका दर्जनौं बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र सिंह थापाले प्रदेशमा बाढी, डुबान र पहिरोको उच्च जोखिममा रहेका जिल्लाका बासिन्दालाई सर्तक रहन प्रशासनले सूचना जारी गरेको  बताए।

उनका अनुसार अहिले प्रदेशको कैलाली, बाजुरा, दार्चुला, बझाङ लगायतका जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेका छन्।

लगातार परेको वर्षाले बाजुराको अम्कोट एरियामा पहिरो आएका कारण त्यहाँ साँफे मार्तडी सडकखण्ड ४ दिनदेखि अवरूद्ध भएको  छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here