प्रदेश–१ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं। प्रदेश–१ सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आज बसेको प्रदेश सभा बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

frontline

एमाले एकजुट बनेपछि नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको हो ।

नीति कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ ।

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम पारित गर्नका लागि गरेको प्रस्ताव प्रदेशसभामा उपस्थित बहुमत प्रदेशसभा सदस्यहरुको ध्वनि मतले पारित भएको हो ।

सरकारले असार १ गते प्रदेश सभामा बजेट पेस गर्नेछ ।

प्रदेश सरकारले असार १ भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री शेरधन राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिनुभएको थियो ।

जवाफमा राईले नीति तथा कार्यक्रम प्रदेशको समृद्धिका लागि औचित्यपूर्ण रहेकोले शंका नगर्न आग्रह गर्नुभएको थियो ।

‘नीति तथा कार्यक्रममा आएका विषय सबै कार्यान्वयन हुन्छ ।

त्यसमा शंका नगर्न आग्रह छ,’ उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा उल्लेख भएका सबै क्षेत्रका लागि आवश्यक बजेट विनियोजन हुन्छ त्यसैले सर्वसम्मतले पास गर्न आग्रह छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभामा बिहीबार प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथि दुई दिन छलफल भएपछि उपसभामुख सरस्वती पोखरेलले आइतबार निर्णयार्थ पेस गर्नुभएको थियो ।

प्रदेशको नामकरण गरेर मात्रै बजेट अधिवेशन अन्त्य

मुख्यमन्त्री राईले प्रदेशको नामकरण भएपछि मात्रै चालु बजेट अधिवेशन अन्त्य हुने बताउनुभएको छ ।

सबै दलहरुसँग सल्लाह, परामर्श र छलफल गरी नामकरण गरेर मात्रै चालु बजेट अधिवेशन अन्त्य गर्ने उहाँले सदनमा बचनबद्धता व्यक्त गर्नुभएको हो ।

आउँदो आर्थिक वर्षका लागि पारित नीति तथा कार्यक्रममा प्रदेशको नामकरण गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here