दक्षिणकाली-नगरपालिकाले-सबै-नगरवासीको-नि-शुल्क-कोरोना-बीमा-र-पिसिआर-परीक्षण-गर्ने

काठमाडौंको दक्षिणकाली नगरापालिकाले नगरवासीको नि:शुल्क कोरोना बीमा गर्ने तयारी गरेको छ।

नगरपालिकाका मेयर मोहन बस्नेतले केन्द्र सरकारले तीन सय र नगरपालिकाले बाँकी तीन सय रुपैयाँ व्यहोर्ने गरी सबै नगरवासीको बीमा गर्ने तयारी गरिएको जानकारी दिए। 

frontline

‘कसैलाई संक्रमण भइहाल्यो भने आर्थिक रूपमा अलिकति भए पनि मलमपट्टी होस् भनेर नगरवासीको बीमा गराउन खोजेका हौं,’ मेयर बस्नेतले भने।

उनले बीमा गराउने निर्णय विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भइसकेको र अब कार्यपालिकाको बैठकले पारित गरेलगत्तै काम अघि बढाइने बताए। निर्णय पारित भएपछि सबै वडाहरूमा वडाध्यक्ष र जनप्रतिनिधिहरूको रोहबरमा सबैलाई फारम भर्न लगाउने नगरपालिकाको तयारी छ।

अनुमान गरेको ४० हजार हो तर त्यसमा कतिले गरिसक्नुभएको छ। त्यसैले २५ देखि ३० हजार जनाको बीमा गर्नुपर्ने हुनसक्छ।’

उनले अब नगरवासीको पिसिआर परीक्षण पनि नगरपालिकाकै खर्चमा हुने बताए। पहिले केन्द्र सरकारले परीक्षण गर्ने र त्यसमा नगरपालिकाले सहजिकरण मात्रै गर्दै आएकोमा अब भने पिसिआर परीक्षण पनि नगरपालिकाले नै नि:शुल्क गरिदिने मेयर बस्नेत बताउँछन्।

‘सरकारले पिसिआर परीक्षणबाट हात झिकिसकेपछि गत कात्तिक १७ गते विपद् व्यवस्थापन समितिको बैठकमा पिसिआर परीक्षण पनि नगरपालिकाकै खर्चमा सुरू गर्ने भनेर लागेका छौं,’ उनले भने।

मेयर बस्नेतले अब भने पिसिआर परीक्षण भद्रगोल तरिकाले नहुने बताए। पहिले आधाभन्दा बढी अनावश्यक व्यक्तिहरूले परीक्षण गराएको भन्दै अब भने निश्चित मापदण्डको आधारमा परीक्षण गरिने उनको भनाइ छ।

‘सबै वडामा स्वास्थ्य कार्यालयहरू छन्, जनप्रतिनिधिहरू छन्। अब उहाँहरूले संक्रमणको लक्षण देखिएका व्यक्तिहरूको पहिचान गरे हुन्छ र त्यस्ता व्यक्तिको मात्र पिसिआर गर्छौं,’ उनले भने।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको पनि नि:शुल्क पिसिआर गरिने मेयर बस्नेतले जनाए। उनले बीचको एक महिनामा परीक्षण गर्ने कुरामा सरकार नै रुमलिएको भन्दै नगरपालिकाले विकास बजेटका लागि छुट्याएको रकम नै थुतेर भएपनि नि:शुल्क परीक्षण गर्ने कुरालाई अगाडि बढाइने बताए।

उनी भन्छन्, ‘सरकारले विपन्न व्यक्तिको मात्र परीक्षण गर्ने भन्यो जसले गर्दा सरकारले परीक्षण गर्दै नगर्ने भन्नेजस्तो भयो। त्यसैले विकास बेजटमा छुट्याइएको रकम थुतेर भएपनि नगरवासीको नि:शुल्क पिसिआर परीक्षण गर्छौं,’ उनले भने।

मयेर बस्नेतले संक्रमित व्यवस्थापनको लागि आइसोलेसनको समेत व्यवस्थापन गरिएको जनाए। उनले चाल्नाखेलस्थित २० बेडको आइसोलेसन सेन्टरलाई नै नगर स्तरीय कोभिड अस्पतालमा स्तरोन्नत्ति गरिएको बताए। उक्त अस्पतालमा आइसियूको सुविधा नरहे पनि मध्यम अवस्थाका संक्रमितलाई राखेर उपचार गर्न सकिने मेयर बस्नेतको भनाइ छ।

‘हामीले संक्रमण पुष्टि भयो भने आवश्यकताअनुसार आइसोलेसनमा भर्ना गर्छौं। तर त्यहाँ राख्न सकिएन र बढी नै बिरामीलाई समस्याले च्याप्यो भने अन्य अस्पताल रिफर गर्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here