सेवाग्राहीलाई दुःख दिने ७ बिचौलिया पक्राउ

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जनगुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो। 

frontline

पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ स्थायी घर भई हाल सोही स्थान बस्ने ५० वर्षीय गोपाल बहादुर बिष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको सानो भऱ्याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल, काठमाडौं महानगरपालिका–२९, अनामनगर घर भएका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरका ईमाडोल घर भएका ५७ वर्षीय ओम शरण राना मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ घर भएका ४८ वर्षीय रमेश प्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको शंखमुल बस्ने ५७ वर्षीय स्वयम कृष्ण निरौला रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here