अन्तिम बिल भुक्तानीका लागि डेढ लाख घुस, कृष्णनगरका इन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणको अन्तिम बिल भुक्तानी गरिदिन सेवाग्राहीसँग घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध शुक्रवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिनुपर्नेमा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख तथा हैरानी दिई चौधरीले एक लाख ५० हजार रुपैयाँ घुस लिएका थिए । उक्त रकम घुसबापत लिई भ्रष्टाचार गरेको आरोपमा आयोगले चौधरीविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको हो ।

frontline

आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरी एक लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यसैगरी बिगोबमोजिम जरिवाना र कैद सजाय हुनसमेत माग गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here