गंगापूर्ण हिमाल आरोहणका क्रममा ज्यान गुमाएका दुई जापानीको अन्त्येष्टि
काठमाडौं : हिमाल आरोहणका क्रममा मृत्यु भएका दुई जना जापानी नागरिकको अन्त्येष्टि गरिएको छ। बौद्ध परम्पराअनुसार आइतबार उनीहरूको अन्त्येष्टि गरिएको हो।
उनीहरूको शव मराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको थियो। टोकियोबाट मृतकका आफन्त आएपछि नेपालस्थित जापानी दूतावासको रहोवरमा पोष्टमार्टम भएको थियो।
पोष्टमार्टमपश्चात आइतबार स्वयम्भुमा उनीहरूको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा उनीहरूका आफन्त, दूतावासका प्रतिनिधि र ट्रेकिङ एजेन्सीका अधिकारीहरूको उपस्थिति थियो।






प्रतिक्रिया दिनुहोस्