बाबुराम भट्टराईले गुरुङ (मनाङ्गे) वाल्मिकी बन्न सक्ने बताउनु भयो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजीव गुरुङ (मनाङ्गे) वाल्मिकी बन्न सक्ने बताउनु भएको छ ।

रत्नाकार वाल्मिकी बनेको प्रसंगलाई अघि सार्दै डा. भट्टराईले राजीव गुरुङलाई कुनै पूर्वाग्रह विना नयाँ जीवन र नयाँ भुमिका दिनुपर्ने बताउनु भएको हो ।

frontline

गुरुङले आफ्नो फेसबुक पेजमा भट्टराइ र आफ्नो फोटो राख्दै `डाक्टर बाबुराम भट्टराई दाइ सँग भेटघाटको साथर्कता` भनेर लेख्नु भएको थियो ।

यसैलाई जोडेर विभिन्न सञ्चारमाध्यममा भट्टराई र गुरुङबीचको सम्बन्धबारे समाचारहरु आएपछि भट्टराइको यस्तो भनाइ आएको हो ।

भट्टराइले कोही मानिस जन्मजात अपराधी नहुने भन्दै मान्छे र समाजले उसलाई अपराधी बनाउने बताउनुभयो ।

मेरो सुविचारित र अनुभवजन्य मान्यता छ: कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न।

समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ।

साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ।

अत: अपराध/अपराधी एक सापेक्ष अबधारणा हो`, उहाँले फेसबुकमा लेख्नु भएको छ ।

२०५९/६० सालतिर दोस्रो वार्ताकालको समयमा देशका धेरै जेलहरुको भ्रमण पश्चात जेलमा बस्नुपर्ने मानिस सत्ताको कुर्सीमा बसेको र कुर्सीमा बस्नुपर्नेहरु जेलमा बसेको पाएको भट्टराईको भनाइ छ ।

आफू प्रधानमन्त्री हुँदा जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खट्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको भएतापनि जसको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here