गूगल,फेसबुक,ऐप्पल रअमेजन माथि अमेरिकी सरकारले लगाम लगाउँदै

एजेन्सी । अमेरिकाले प्रविधिका क्षेत्रमा बादशाह कहलिएका केही ठूला कम्पनीमाथि लगाम कस्ने भएको छ ।

यसका लागि अमेरिकी सदनमा त्यहाँका दुई ठूला दल डेमोक्र्याट र रिपब्लिकनका सांसदबीच मतैक्य भएको खबर सार्वजनिक गरिएको छ ।

frontline

संसारलाई आफ्नो इशारामा नचाइरहेका प्रविधिका बादशाहहरु गूगल, फेसबुक, ऐप्पल र अमेजनमाथि अमेरिकी सरकारले लगाम लगाउन लागेको हो ।

यसका लागि अमेरिकी सदनमा पाँच वटा विधेयक पेश गरिएको छ । सदनले स्वीकृती दिनासाथ ती ठूला प्रविधि कम्पनीको मनोमानीमा नियन्त्रण गरिनेछ । अमेजन, गूगल, ऐप्पल र फेसबुक जस्ता कम्पनीमा गरिएको १६ महिना लगाएर छानबीन गरेपछि यो विधेयकको मस्यौदा सदनमा पेश गरिएको हो ।

विधेयक डाटा म्यानेजमेन्ट, प्रतिष्पर्धाको बढावा र साना कम्पनीहरुलाई विलय गराएका जस्ता विषयसँग सम्बन्धित रहेको समाचार संस्था बीबीसीले जनाएको छ । सोमबार मात्र फ्रान्सले गूगलमाथि ठूलो जरिवाना लगाएसँगै फेरि यी कम्पनीहरुको वैश्विक नीतिप्रति प्रश्न उठेको छ ।

विश्वकै सबैभन्दा ठूलो सर्च इञ्जिन गूगलविरुद्ध संसारभरका सरकारको रवैया कठोर हुँदै गएका बेला फेसबुक, ऐप्पल र अमेजनले पनि कतिपय सरकारबाट मुद्दा र कडा विरोधको सामना गर्नु परिरहेको समाचार संस्था बीबीसीले जनाएको छ ।

अमेरिकी कानून विभागले गूगलमाथि एकाधिकार कायम गरेको भन्दै उसलाई एन्टी ट्रष्ट कानूनको उल्लंघन गरेको आरोप लगाउँदा फेसबुकमाथि भने ४६ राज्यसहित केन्द्र सरकारले सन् २०२० मै एकाधिकार जमाएको आरोपमा मुद्दा दायर गरिएको थियो । प्रतिष्पर्धीलाई या त आफूलाई बेच्न वा सकिन धम्की दिने गरेको आरोप यी कम्पनीहरुमाथि लागेको छ ।

गूगल, फेसबुक जस्ता कम्पनीले अष्ट्रेलिया, यूरोप, भारत जस्ता मुलुकमा पनि अनेकन अरोप खेपिरहेका छन् । बजारमा अरु कम्पनीलाई टिक्न नदिने नीति कै कारण फेसबुकले इन्स्टाग्रामलाई एक अरब डलर तथा ह्वाट्सएपलाई १९ अरब डलरमा किनेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here