राहुलको उत्कृष्ट बलिङमा ११५ मा समेटियो काठमाडौं गोर्खाज

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण अन्तर्गत काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५मा अलआउट भयो। 

frontline

काठमाडौंलाई सस्तैमा समेट्न जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे। राहुलले ४ ओभरमा ४ विकेट लिए। 

काठमाडौं गोर्खाजको लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। 

काठमाडौं गोर्खाजले पहिलो विकेटको रुपमा साम ह्याजलेटलाई गुमायो। उनलाई जनकपुरका युवा बलर राहुल यादवले पहिलो बलमा नै मोइन अलिको हातमा क्याच गराए। 

त्यस्तै दोस्रो विकेट हरिशंकर शाह ९ रनमा सैफ हसनको बलमा क्याच भए। तेस्रो विकेटका रुपमा स्मिथ पटेल १३ बलमा २ चौकासहति १३ रन बनाएर राहुलको बलमा कप्तान हर्मित सिंहको हातमा क्याच भए। रासिद खानले १७ रन बनाउँदा सुमित महर्जनले १० रन बनाए। 

कप्तान कराण् केसी ८ रनमा क्याच भए। मोहम्मद आदिल आलम राहुलको बलमा पहिलो बलमा एलबीडब्ल्यू धरापमा परे। अन्तिम विकेटको रुपमा रिपोन मन्डोल ९रनमा क्याच भए। साहब आलम ४ रनमा अविजित रहे। 

जनकपुर बोल्ट्सका लागि बलिङमा युवा बलर राहुल यादवले सर्वाधिक ४ विकेट लिए। सैफ हसनले २ विकेट लिँदा मोइन अलि, ललित राजवंशी र कप्तान हर्मित सिंहले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here