ललितपुरको कुसुन्तीमा बन्नै लागेको लिफ्टसहितको देशकै पहिलो आकाशे पुल
नेपालमै पहिलोपटक लिफ्टसहितको अत्याधुनिक सुविधासम्पन्न आकाशे पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
काठमाडौं उपत्यकाको चक्रपथमा कोटेश्वर-कलंकी खण्डअन्तर्गत पर्ने ललितपुरको कुसुन्तीमा आकाशेपुल निर्माण भइरहेको हो।
८ लेनमा फैलिएको र सवारी साधनको चाप निकै धेरै हुने सडकमाथि पुल बन्दा पैदलयात्रीलाई सहज हुने देखिएको छ। सडक पार गर्ने सुरक्षित माध्यम नहुँदा यस क्षेत्रमा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्।
आफ्नो वडामा पर्ने कुसुन्ती क्षेत्रमा सडक दुर्घटनामा परी धेरैले ज्यान गुमाएपछि स्थानीयहरूबाटै पुल निर्माणको माग भएको थियो। यही माग लिएर ललितपुर महानगरपालिका १३ का वडा अध्यक्ष गणेश केसी नगर प्रमुख चिरिबाबु महर्जनकहाँ पुगेका थिए।
महानगर प्रमुख महर्जनले पुललाई अझ अत्याधुनिक र सुविधासम्पन्न बनाउने कुरा अगाडि सारेको उनले बताए।






प्रतिक्रिया दिनुहोस्