लालबकैयाको सतह बढ्यो, बाढीको स्थायी त्रास
रौतहट–परोहा : जब लालबकैयामा बाढी आउँछ, तेजापाकड घराहीका बासिन्दा लालाबालासहित गाउँ छोडेर भाग्छन्। दलित र मुस्लिम समुदायका १ सय ५० बढी घरपरिवार रहेको बस्तीले वर्षाैंदेखि यो व्यथा भोगिरहेको छ।
सदरमुकाम गौरदेखि ८ किलोमिटरमात्रै टाढा रहेको परोहा–३ को तेजापाकड घरारीका बासिन्दाका लागि वर्षामा बाढीको त्रासले सधैं त्रसित बनाइरहन्छ। बस्तीमा न उचित स्वास्थ्य सेवा छ, न त गुणस्तरीय शिक्षा नै। अरू त अरू, आपतकालीन उपचारका लागि एम्बुलेन्ससमेत गाउँमा छैन।
आधारभूत सुविधाबाट बञ्चित यहाँका बासिन्दाका लागि बाढी अर्को मुख्य समस्या बनिरहेको छ। ‘प्रत्येक वर्ष बाढीले खेत डुबाउँछ। गत वर्ष खडेरीमा जेनतेन पानीको जोहो गरेर धान रोप्यौं। तर, भित्र्याउने बेला लालबकैयाको बाढीले सखाप पा र्यो,’ परोहा–४ का साबिर हुसेन भन्छन्, ‘किसान र गरिबलाई हेर्ने कोही छैन्। प्रकृतिले पनि हामीलाई नै दुःख दिइरहेको छ।’






प्रतिक्रिया दिनुहोस्