कृषि उद्यम र प्रविधिमा उत्तिकै सक्रिय अभिषेक : भैँसीपालनदेखि एआईको कोडसम्म

मकवानपुर । रोजगारी र भविष्यको खोजीमा बर्सेनि हजारौँ युवा विदेश पलायन भइरहेका छन् । नवयुवाका लागि राहदानी बनाउने विदेश जाने एकमात्र विकल्पजस्तै बनेको छ ।

यो परिदृश्यबाट फरक देखिन्छन् मकवानपुरको मनहरी गाउँपालिकाका २५ वर्षीय अभिषेक अधिकारी । उनी आफ्नै गाउँको गोठ र प्रविधिमा भविष्य खेजिरहेका छन् ।

frontline

व्यावसायिक कृषि उद्यम र प्रविधिमा सक्रिय उनी विश्वबजारसम्म आफ्नो प्रतिभा उजागर गर्न सफल भएका छन् । उनी भैँसीको गोठसँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्र पनि उत्तिकै सशक्त देखिएका छन् ।

भैँसी गोठ र परम्परागत कृषि कर्मलाई आधुनिक बनाउन प्रयत्नरत उनी कृत्रिम बौद्धिकताको अन्तर्राष्ट्रिय मञ्चसम्म छाएका छन् । ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच, आधुनिक कृषि र विश्वस्तरीय ओपन–सोर्स प्रविधिमा उनी सशक्त छन् ।

avisek farm 7

अभिषेकको बाल्यकाल र सुरुवाती दिन कुनै ठुला प्रविधि ल्याब वा सुविधासम्पन्न सहरमा बितेको होइन । उनले भैँसी चराउने र कृषि कर्म गर्ने अनुभवबाट जीवन यात्रा थालेका हुन् । उनले ग्रामीण भेग मनहरीको बगरमा भैँसी चराएर गाउँकै विद्यालयमा पढे । पारिवारिक कृषि कर्मलाई व्यवसाय बनाएर उनले प्रविधिको अध्ययन गरे र त्यसैमा निरन्तर सक्रिय रहे ।

कृषि पेसामा उनको झुकाव पारिवारिक पृष्ठभूमिकै कारण बढेको हो । उनका हजुरबुवा थापाप्रसाद अधिकारी र बुवा केदारप्रसाद अधिकारी पनि भैँसीपालनमा सक्रिय थिए । सोही अनुभवलाई आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापनसँग जोड्दै अभिषेकले मनहरीमा ‘हिमालयन कृषि तथा पशुपालन फर्म’ को सुरुवात गरे ।

करिब १० करोड रुपैयाँको लगानीमा २०० कट्ठा क्षेत्रफलमा फैलिएको सो फर्ममा १५० कट्ठा आफ्नै र ५० कट्ठा भाडाको जग्गा प्रयोग गरिएको छ ।

avisek farm 2

उनको फर्ममा १६० वटा उन्नत मुर्रा जातका भैँसी पालिएका छन् । मुर्रा जातका भैँसी उच्च फ्याटयुक्त दुधका लागि प्रसिद्ध छन्, जसबाट दैनिक औसत ४०० लिटर दुध उत्पादन हुन्छ ।

अभिषेकले उत्पादन भएको दुधका अतिरिक्त घिउ, बटर, चीजजस्ता प्रिमियम दुग्धजन्य उत्पादनसमेत बजारमा पुर्‍याउँदै आएका छन् । यसबाहेक उनले जैविक चामल, मकैको पिठो र गाईवस्तुको मलमूत्रमा आधारित जैविक मलसमेत उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here