सरकारले कालोपत्रको ठाउँमा सिमेन्ट सडक निर्माणलाई प्राथमिकता दिने

काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्र (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन प्रयोग सम्बन्धी निर्देशिका २०८३ स्वीकृत गरेसँगै सम्भव भएसम्म आयातित सामग्री प्रयोगमा रोक लगाएको हो ।

frontline

यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामाग्रीप्रतिको निर्भरता घटाउँदै स्वदेशी उत्पादन, स्थानीय स्रोतसाधन र स्वदेशी प्रविधि प्रयोगलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गरिएको मन्त्रालयको दाबी छ ।

‘आयातित बिटुमिनमा आधारित कालोपत्रको विकल्पमा प्राविधिक रूपमा उपयुक्त भए स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा तथा अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्ने,’ संशोधित निर्देशिकामा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here