वालेटमा पैसा जम्मा गर्ने सीमा बढ्यो, दिनमै ५० पटकसम्म पाइने

नेपाल राष्ट्र बैंकले चाडपर्वको समयमा डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने सीमालाई अस्थायी रूपमा बढाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरू बिहीबार परिपत्र जारी गर्दै प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा रकम जम्मा गर्न सकिने सीमा बढाइदिएको हो।

frontline

राष्ट्र बैंकका अनुसार दसैंका अवसरमा २०८३ असोज ३१ देखि कात्तिक ७ गतेसम्म र दीपावली तथा छठ पर्वका अवसरमा कात्तिक २१ देखि २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को निर्देशन नम्बर ५ अन्तर्गतको व्यवस्थाअनुसार वालेटमा एक दिनमा रकम जम्मा गर्न सकिने कारोबारको संख्यामा सीमा तोकिएको थियो।

राष्ट्र बैंकले चाडपर्वका समयमा हुने कारोबारलाई ध्यानमा राख्दै उक्त सीमा तोकिएको अवधिका लागि अस्थायी रूपमा बढाएको हो।

राष्ट्र बैंकले तोकिएको अवधिमा भएका कारोबारको संख्या र कारोबारको कुल रकमबारे विभागलाई जानकारी गराउनसमेत भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here