डिजिटल अर्थतन्त्रको कराधान र करदाता सेवामा सुधार गर्न अन्तर्राष्ट्रिय सहमति
३० असोज, काठमाडौं । डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउन सातौँ बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) सम्मेलनमा सदस्य राष्ट्रहरूबीच सहमति भएको छ ।
इन्डोनेसियाको राजधानी जकार्तामा अक्टोबर १३ देखि १५ सम्म आयोजित सम्मेलनमा डिजिटल अर्थतन्त्रको कराधान, डिजिटल प्लेटफर्ममा आधारित आर्थिक गतिविधिको नियमन, स्रोत मुलुकको कराधिकार संरक्षण र कर प्रशासनमा आधुनिक प्रविधिको प्रयोगबारे छलफल भएको थियो ।
‘स्मार्ट कर प्रणाली, साझा समृद्धिमा साझेदारी’ नारासहित आयोजित सम्मेलनमा नेपालबाट आन्तरिक राजस्व विभागको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको थियो ।
सम्मेलनको उद्घाटन सत्रमा बोल्दै आन्तरिक राजस्व विभागका महानिर्देशक तथा ब्रिटाकोफका निवर्तमान अध्यक्ष डा. भीष्मकुमार भुसालले डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रणालीलाई आधुनिक, न्यायपूर्ण, स्वचालित, पारदर्शी र करदातामैत्री बनाउन आवश्यक रहेको बताए ।






प्रतिक्रिया दिनुहोस्