कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ ।  यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब रु एक करोड लगानी बाढीले बगाएर क्षति पुर्‍याएको अन्नपूर्ण गाउँपालिका९६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।  

The current image has no alternative text. The file name is: ratopani-kund.jpg

“तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत नौ वर्षदेखि रु एक करोडभन्दा बढी लगानी गरेर तयार पारेको पूर्वाधार ध्वस्त बनाएको छ”, उनले भने, “कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ ।” 

frontline

कालीगण्डकीको कटानबाट जोगाउन किनारमा निर्माण गरिएको पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत पूर्वाधार कालीगण्डकीको बाढीले बगाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here