विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च, आन्तरिक अर्थतन्त्र सुस्त

काठमाडौं : विदेशबाट रेमिट्यान्सको प्रवाह निरन्तर बढेसँगै देशको बाह्य अर्थतन्त्र अत्यन्त मजबुत बनेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च विन्दुनजिक पुगेको छ भने शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोड रुपैयाँ बचतमा छ। 

बैंकहरूमा लगानीयोग्य रकम थुप्रिए पनि आन्तरिक अर्थतन्त्र भने सुस्त देखिएको छ। बढ्दो महँगी, कमजोर व्यापार, निजी क्षेत्रमा कर्जा मागको कमी र निराशाजनक पुँजीगत खर्चका कारण बाह्य क्षेत्रको उत्साहजनक सूचकको प्रभाव बजारमा देखिन सकेको छैन।

frontline

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्तसम्म) को तथ्यांकअनुसार बाह्य क्षेत्र बलियो रहे पनि आन्तरिक अर्थतन्त्रमा माग र लगानीको गति निकै फितलो छ। राजनीतिक आन्दोलन र त्यसपछिका घटनाक्रमका कारण उद्योगी–व्यवसायीहरू नयाँ लगानी गर्न डराइरहेका छन्। व्यवसायीहरू लगातार पक्राउ पर्ने वातावरणले निजी क्षेत्रको मनोबल खस्किएको र सरकारप्रतिको विश्वास घटेको उद्योगी–व्यवसायीहरूको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार बजारमा बिक्री र माग नै नहुँदा व्यवसायीहरू कर्जा लिन इच्छुक छैनन्। ‘बजारमा व्यापार नै छैन। व्यापार नभएपछि ऋण लिएर काम गर्ने कुरा भएन,’ वैद्यले भने, ‘चालु पुँजी कर्जा नीतिलाई केही खुकुलो बनाउँदै ५० प्रतिशतको सीमालाई बढाउनुपर्छ। व्यापार नबढे पछि व्यवसायीको ब्यालेन्स सिटसमेत घटेको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here