दसैँका लागि मुस्ताङबाट भक्तपुर सल्लाघारी ल्याइएका च्यांग्रा धमाधम बिक्री

दसैँका लागि मुस्ताङबाट ल्याइएका च्यांग्रा भक्तपुरको सल्लाघारीमा यतिखेर धमाधम बिक्री भइरहेको छ। 

दसैँमा च्यांग्राको मासु खाने परम्परालाई लक्ष्य गरेर व्यापारीहरूले सल्लाघारीमा च्यांग्रा ल्याएका हुन्। 

frontline

यस वर्ष च्यांग्रा खरिद तथा ढुवानीमा कठिनाइ हुनुका साथै मूल्यसमेत बढेको व्यापारीहरूले बताएका छन्।

गत वर्षको तुलनामा यस वर्ष च्यांग्राको मूल्य प्रतिगोटा झन्डै ३ हजार रुपैयाँसम्म महँगिएको छ। 

सल्लाघारीमा च्यांग्राको मूल्य प्रतिकेजी जिउँदो तौलमा १ हजार २५० देखि १ हजार ३०० रुपैयाँसम्म छ।

यस वर्ष वर्षाका कारण सडक र पुलमा क्षति भएकाले च्यांग्रा ढुवानी कठिन बनेको व्यापारीहरूको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here