बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । हेटौंडा बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पास भएको छ ।

शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रममा बहुमतको पारित गरेको हो ।

frontline

नीति तथा कार्यक्रममाथिको छलफल संशोधन प्रस्ताव दर्ता भए पनि बहुमत सांसदले नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेपछि पारित भएको हो ।

शुक्रबार र शनिबार ४७ सांसद्ले उठाएको प्रश्नमा मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिनुभएको थियो ।

जवाफ दिने क्रममा उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अभिव्यक्तिप्रति आक्रोशित हुनुभएको थियो ।

नीति तथा कार्यक्रमाथिको छलफलमा प्रदेशका ४७ सांसदले प्रश्न उठाउनुका साथै सुझावलाई मुख्यमन्त्री डोरमणि पौडेलले आक्रोशपूर्ण, संविधान विपरित, अशिष्ट भाषाको प्रयोग र केही मात्र मननयोग्य भएको बताउनुभएको थियो ।

सभामा धेरै सांसद्हरूले संघीय सरकारप्रति आलोचना गर्दै अभिव्यक्ति दिएकोले आफूले त्यस विषयमा केही नबोल्ने पौडेलको भनाइ थियो ।

संविधानको घेराभित्र रहेर प्रदेश सरकारको नीतिमा टेकेर काम गर्नुपर्ने स्मरण गराउँदै मुख्यमन्त्री पौडेलले आफूहरू त्यसैअनुसार अघि बढिरहेको जिकिर गर्नुभएको थियो ।

उहाँले यसवर्षको बजेटको मुख्य प्राथमिकता कोभिड–१९ नियन्त्रण तथा जोखिम न्यूनीकरणअन्तर्गत सबै जिल्लामा खोप लगाउने रहेको बताउनुभएको थियो ।

प्रदेश सरकारले सबै जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट सहित अन्य आवश्यक इक्युपमेन्ट एक साताभित्र जडान गर्ने प्रतिबद्धता समेत नीति तथा कार्यक्रममा समावेशन गरेको छ ।

विद्युतीय बस र हेटौंडा–काठमाडौं सुरुङमार्ग संघीय सरकारको सह–लगानीमा सञ्चालन र निर्माण गरिने तथा ४ वर्ष भित्रमा निर्माण सकिने गरी २ अर्ब खर्चमा सुरुङमार्गको काम गरिने मुख्यमन्त्री पौडेलले बताउनुभएको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार १ गते दिउँसो ३ बजेलाई बोलाउनुभएको छ ।

उक्त बैठकमा प्रदेश सरकारले आव २०७८÷०७९को वार्षिक बजेट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

poster-here