यमनको तेइजमा गोलाबारी तीव्र,उपभोग्य वस्तुको मूल्य आकासियो

काठमाडौं : ईरान समर्थित हुथी समूहले आफ्नो पकड कसिलो बनाउँदै लगेपछि तेइज शहरका बासिन्दाहरूले लगातारको बमबारी र अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका छन्। अमेरिका र ईरानबीच फारसको खाडीमा सुरु भएको तनावका कारण गत महिना पुनः चर्किएको हुथी र साउदी-समर्थित सरकारबीचको द्वन्द्वमा यमनको तेस्रो ठूलो शहर तेइज मुख्य युद्धभूमि बनेको हो।

 हुथीहरूले गत हप्ता तेइजबाट अदन जोड्ने मुख्य सडक बन्द गरिदिएपछि सरकारी सेना चारैतिरबाट घेरिएको छ। इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनले तेइजको स्थिति पछिल्ला दिनहरूमा निकै बिग्रिएको र मानिसहरू, आधारभूत सामग्री तथा मानवीय सहायता शहरभित्र प्रवेश गर्न नपाउँदा मूल्यवृद्धि भएको जनाएको छ। यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले गत हप्ता हुथीको नियन्त्रणमा रहेका क्षेत्रहरू फिर्ता लिन सैन्य अभियान सुरु गरेको थियो, जसअन्तर्गत विश्वव्यापी समुद्री व्यापारको मुख्य मार्ग ‘बाब अलमन्देब’जलडमरूमध्य नजिकका भूभागहरू पुन: नियन्त्रणमा लिएको थियो।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here