चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै
काठमाडौँ। चाडपर्वका बेला बजारमा हुनसक्ने कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिलाई रोक्न सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएको हो।
विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको छ। काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोलीबाहेक मन्त्रालय र मातहतका निकायबाट ५० जना थप कर्मचारी परिचालन गरिएको वाणिज्य विभागका महानिर्देशक रितेशकुमार शाक्यले जानकारी दिए।






प्रतिक्रिया दिनुहोस्