इजरायल प्रकरण : मन्त्रिपरिषद्को निर्णय भन्दै नक्कली कागजात बनाएर करोडौं ठगी

२७ असोज, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौं ठगीकै शैलीमा अहिले इजरायल पठाउने भन्दै ठगी भएको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा भुटानी शरणार्थी प्रकरणकै जस्तो शैली अपनाएर नक्कली कागजात बनाई ठगी भएको खुलेको हो ।

frontline

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पालामा ३० जेठ २०७६ मा कार्यदल बनाइएको थियो । गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रूपमा गणेशबहादुर केसी र सदस्यसचिवको रूपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए ।

पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै अमेरिका लैजाने भनेर ठगी भएको उल्लेख थियो । ठिक यस्तै शैलीमा मन्त्रिपरिषद्को निर्णय भन्दै नक्कली कागजात बनाएर विश्वास दिलाउँदै ठगी गरेको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here