फेसबुकका यी नक्कली बालेन को हुन् ?

म नागरिकलाई भ्रमित पार्ने, सामाजिक सद्भाव बिगार्ने र सम्बन्धित व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पु¥याउने जोखिम हुन्छ । तर, पनि सबैको निगरानी गर्ने बालेनको सचिवालयले यी नक्कली बालेन साह को हुन् भन्ने कुरा अहिलेसम्म पत्ता लगाउन नसक्नु आश्चर्यको विषय बनेको छ ।

बालेनको नाममा फेसबुकमा भाइरल बनाइएका ती पोस्टहरू वास्तविक नभई नक्कली स्क्रिनसट र फोटोसपजस्ता एप प्रयोग गरेर तयार गरिएको पाइएको छ ।

frontline

सामाजिक सञ्जालमा देखिने ती पोस्टहरूमा बालेनको आधिकारिक फेसबुक वालमा गइ अर्कै विषयमा लेखिएको पोस्टको स्क्रिनसट लिएर त्यसमा अनावश्यक, आपत्तिजनक तथा असम्बन्धित शब्दहरू थपेर ‘बालेनको पोस्ट’ भन्दै सेयर गर्ने प्रवृत्ति बढ्दो देखिएको छ ।

यसरी नक्कली पोष्ट गर्नेहरुमाथि पनि अहिलेसम्म साइबर व्यूरोमा उजुरी नपर्नु अर्को आश्चर्यको विषय बनेको छ । उल्टै बालेनको विरुद्ध लेख्नेलाई भने साइबर ब्यूरोले कारबाही गरिरहेको छ । यसले भ्रम सृजना गरेको छ र नक्कली बालेन साह को हन् भन्ने कुरा अहिलेसम्म रहस्यमय नै छ ।

सामाजिक सञ्जाल सूचना प्राप्त गर्ने, विचार व्यक्त गर्ने र सार्वजनिक बहस गर्ने प्रभावकारी माध्यम बनेको छ । त्यहीबाट बालेनको जन्म भयो । तर यही माध्यमलाई केही व्यक्तिले बालेनको फोटो राखेर गलत सूचना फैलाउने, जनतालाई झुक्याउने र अरूको पहिचानको दुरुपयोग गर्ने साधन बनाउनु चिन्ताजनक विषय हो । विशेषगरी बालेन साहजस्ता सार्वजनिक रूपमा चर्चामा रहने व्यक्तिको नाम र तस्बिर प्रयोग गरेर नक्कली पोस्टले आमनागरिकमा भ्रम सृजना गरेको छ ।

कल्पना गरौँ, कुनै व्यक्तिले बालेन साहको तस्बिर राखेर मिल्दोजुल्दो नाममा फेसबुक खाता बनाउँछ । त्यसपछि उक्त खाताबाट कुनै विवादास्पद निर्णय, राजनीतिक अभिव्यक्ति वा सार्वजनिक व्यक्तिलाई लक्षित गरेको भनाइ पोस्ट गरिन्छ । पोस्ट हेर्ने धेरै मानिसले खाताको वास्तविकता जाँच नगरी त्यसलाई बालेन साहकै आधिकारिक भनाइ ठान्न सक्छन् । त्यसपछि उक्त सामग्रीका स्क्रिनसट बनाइन्छन्, विभिन्न फेसबुक समूहमा शेयर गरिन्छन् र अन्य सामाजिक सञ्जालमा समेत फैलाइन्छन् । केही समयमै नक्कली पोस्टलाई वास्तविक ठानेर मानिसहरूबीच बहस, विवाद र आरोप–प्रत्यारोप सुरु हुन सक्छ । यो गम्भीर विषय हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here