बालेनको सूचना चुहाएपछि एआइजीको जागिर चट

काठमाडौं । सरकारले पहिलो पटक सशस्त्र प्रहरीका वहालवाला एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाएको छ । सरकारी सूचना अनधिकृत व्यक्तिहरुलाई चुहाएको, बिचौलियासँग साँठगाँठ गरेको आरोप लगाएर बर्खास्त गरेको भएपनि ती सूचनाबारे कोही कसैलाई जानकारी दिएको छैन ।

सरकारले सुरक्षा अंगका दोस्रो प्रमुख व्यक्तिलाई एक्सन लिएको यो पहिलो घटना हो । जे होस्, दीपक भट्टलाई जेलबाट छुटाउन बिचौलियासँग उनको ‘कनेक्सन’ देखिएको कारण उनी बर्खास्तमा परेको स्रोतले बताएको छ ।

frontline

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, बिचौलिया भनिएका इनम सापकोटा र सशस्त्र प्रहरी बलका तत्कालीन एआईजी वंशीराज दाहालसँग जोडिएका घटनाक्रमले राज्यका उच्च पदस्थ व्यक्तिहरूको सम्बन्ध, पहुँच र गोप्य सूचनाको सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको छ ।

असोज ११ गते बिहान करिब २ बजे चोलेन्द्रशमशेर जबरालाई काठमाडौंको टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पु¥याइएको थियो । त्यसको करिब एक घण्टापछि एआईजी वंशीराज दाहाल उनलाई भेट्न त्यहाँ पुगेका थिए । उनी बिहान करिब ५ बजेतिर फर्किएपछि सरकारको निगरानीमा परेका थिए । प्रधानमन्त्री कार्यालय र गृहमन्त्रीलाई यो विषयमा जानकारी गराएपछि एआइजी दाहाल निगरानीमा परेका थिए ।

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई भेट्न बहालवाला एआईजी नै मध्यरातमा पुग्नु सामान्य भेटघाटको विषय मात्र रहेन । सुरक्षा निकायको कमान्ड संरचना, संस्थागत अनुशासन र संवेदनशील अनुसन्धानको गोपनीयताका दृष्टिले यो भेटमाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

दाहालले आफू नातेदार भएकाले राणालाई भेट्न गएको स्पष्टीकरण दिएको र इनाम सापाकोटासँग पनि आफ्नो चिनजान रहेको बताएपछि सरकारले यसलाई नै आधार मानेर अनुसन्धान गरेको थियो ।

नयाँ दिल्ली उड्न लागेका सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । चोलेन्द्रसँग पटकपटक फोन सम्पर्कमा रहेको र ह्वाटसएपमा निरन्तर सूचना आदानप्रदान भएको पाइएपछि सापकोटा पनि छानबिनको घेरामा तानिएका थिए । सापकोटाको सम्पर्क जबरासँग मात्र नभई एआइजी दाहालसँग पनि रहेको अनुसन्धानबाट खुलेको थियो । उनको मोबाइल फोन र संवादसम्बन्धी विवरणको विश्लेषणबाट दाहाललाई बर्खास्त गर्नुपर्ने निर्णयमा सरकार पुगेको थियो ।

गृह मन्त्रालयले एआइजी दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोप छ । कुन सूचना चुहिएको थियो ? त्यो सूचना कसको हातमा पुग्यो ? त्यसको प्रयोग कुनै मुद्दा, अनुसन्धान वा सरकारी निर्णयलाई प्रभावित पार्न गरिएको थियो कि थिएन ? राज्यको संवेदनशील सूचना व्यक्तिगत पहुँच, पारिवारिक सम्बन्ध वा बाह्य सम्पर्कका आधारमा प्रवाह भएको पुष्टि भएमा त्यसलाई सामान्य प्रशासनिक त्रुटिका रूपमा मात्र हेर्न मिल्दैन ।

त्यसको प्रकृति र परिणामअनुसार कानुनी तथा विभागीय जवाफदेहिता सुनिश्चित गर्नुपर्छ । तर एआइजी दाहाल निलम्बनको कारण उनले प्रधानमन्त्री बालेन साह कतिबेला बालुवाटार छिर्छन्, कतिबेला निस्कन्छन् भन्नेजस्ता मुभमेन्टको गम्भीर सूचना इनमलाई दिएको खुलेपछि उनको बर्खास्तलाई स्वाभाविक मान्नुपर्ने अवस्था देखिन्छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here