६ महिनासम्म पनि असिनापीडितले पाएनन् राहत, भन्छन्— सरकार पनि ढाँट्दो रहेछ

सुर्खेत । ठाटीकाँध गाउँपालिका—१, ग्वालिपिन्नका निरक बुढाको ७ सदस्यीय परिवारलाई आफ्नो जमिनबाट उत्पादन भएको गहुँले कार्तिक महिनासम्म खान पुग्थ्यो । उनले १२—१५ पाथी बराबर गहुँ छरेका थिए । ७—८ बोरा गहुँ उत्पादन हुँदा मकै उत्पादन हुने बेलासम्म सहजै खान पुग्थ्यो ।

पहाडमा प्रायः हिउँदे खेतीले बर्खे खेती घर भित्र्याउने बेलासम्म छाक टार्ने र हिउँदे खेती उत्पादन हुने बेलासम्म बर्खे खेतीबाट उत्पादन भएको खाद्यान्न उपभोग गरिन्छ । २०८२ चैत दोस्रो साता घरमा भित्र्याउने बेलामै एक्कासि आएको असिना पानीले निरक बुढाको गहुँबाली पूरै नष्ट गरिदियो ।

frontline

‘के गर्ने ? हामी किसानलाई कहिले प्रकृतिले, कहिले जङ्गली जनावरले दुःख दिन थाले,’ उनले भने, ‘हामीले त्यो बेला गहुँबारीबाट एक मुरी गहुँ पनि भित्र्याउन पाएनौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here