प्रधानमन्त्री भएपछि पहिलो पटक प्रहरीको कार्यक्रममा बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका हुन् । 

महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित १–१८४ औँ समूहका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गरे । सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै शाहले भने, ‘भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’

frontline

आफ्ना छोराछोरीलाई प्रहरीजस्तो चुनौतीपूर्ण पेसामा आबद्ध गराउने अभिभावक र परिवार प्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको पहिलो मानक इमानदारिता र  नैतिकता भएको बताए । उनले भने, ‘जिम्मेवारीमा जबाफदेहिता महत्त्वपूर्ण हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here