बेनी-जोमसोम सडक खुल्यो

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी-जोमसोम अवरुद्ध सडक खुलेसँगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् । उनका अनुसार सडक अवरुद्धका कारण दुई सातादेखि मुस्ताङमा फसेका कन्टेनरहरु मध्ये असोज २४ र २५ गते गरी दुईदिनम प्रहरी निरीक्षक बस्यालका अनुसार असोज २३ गते साँझ बेनी-जोमसोम सडक मर्मतपछि सुचारु भएसँगै पहिलो दिन ८५ वटा मालवस्तु कन्टेनर मुस्ताङबाट बाहिरिएको हो । असोज २४ गते सडक खुलेको दोस्रो दिन  मुस्ताङबाट ८८ वटा मालवस्तु कन्टेनर बेनीतर्फ बाहिरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।

म्याग्दी र मुस्ताङको सिमाना थासाङ-४ घाँसा स्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारी साधन मुस्ताङबाट बाहिरिएका छन् । आज मुस्ताङबाट ५० भन्दा बढी सवारी साधन बाहिरिएका छन् । यसैबीच, मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here