आकासियो हवाई भाडा, टिकटमा लुटतन्त्र

काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा राजमार्गहरू क्षतिग्रस्त बनेपछि दसैं मनाउन घर फर्किने यात्रुहरूले सास्ती बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग र काठमाडौं–चितवन सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्णरूपमा अस्तव्यस्त बनेको छ।

राजमार्ग बन्द भएपछि गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमै रोकिएका छन्। हप्तौंअघि लाइन बसेर वा अनलाइनमार्फत अग्रिम टिकट बुक गरेर बसपार्क पुगेका हजारौं यात्रु गाडी समयमै नछुट्दा र बाटो खुल्ने निश्चित नहुँदा अन्योल र मर्कामा परेका छन्। सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारीको चाप बढेपछि कलंकी, नागढुंगा क्षेत्रसम्म नै सवारीसाधनको लामो लाइन लागेको छ।

frontline

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव डेकनाथ गौतमले देशभरका विभिन्न सडकमा पहिरो गएकाले समयमा सवारीसाधन पु¥याउन र फर्काउन निकै कठिनाइ भइरहेको बताए। ‘समयमै गाडी नफर्कँदा हरेक दिन अग्रिम टिकट लिएका यात्रुहरूलाई व्यवस्थापन गर्न असजिलो भएको छ,’ उनी भन्छन्, ‘प्राकृतिक विपद्को जोखिम भए पनि यातायात व्यवसायीहरू सेवा दिन तयारी अवस्थामा छन्।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here