कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदानको समय, २ बजेबाट सुरु हुने

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको समय फेरि सरेको छ ।

मतदानको सम्पूर्ण तयारी पूरा नभएसँगै दिउँसो १ बजेका लागि तय भएको मतदानको समय पुन: सरेको हो ।

frontline

महाधिवेशन सुरु भएको आज पाँचौँ दिनमा मतदान हुन लागेको हो । आज बिहान १० बजेबाट मतदान सुरु हुने भनिएको थियो ।

यद्यपि निर्वाचन समितिले दिउँसो १ बजेसम्मका लागि मतदानको समय सारेको थियो । अहिले पुन: २ बजेबाट मतदान हुनेगरी निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग सहमति गरेको उपसभापतिका समावेशी उम्मेदवार रन्जित कर्णले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here