जेनजी आन्दोलनमा ध्वस्त प्रदेशसभाको सम्पत्ति मिनाहा गर्ने कोशी सरकारको निर्णय

विराटनगर : जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको कोशी प्रदेशसभा सचिवालयको अचल सम्पत्ति अब मिनाहा हुने भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभा सचिवालयका नष्ट भएका अचल सम्पत्ति मिनाहा गर्ने निर्णय लिएको हो ।

जेनजी आन्दोलनका क्रममा आपराधिक समूहको २०८२ भदौ २४ गतेको आगजनी र तोडफोडबाट प्रदेशसभा सचिवालयमा ठूलो क्षति पुगेको थियो । आन्दोलनको आवरणमा भएको उक्त घटनाबाट क्षति पुगेका अचल सम्पत्तिको विवरण र अवस्थाका आधारमा मोरङका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित मिनाहा सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको हो ।

frontline

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७८ को दफा ४७ तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७९ को नियम १११ बमोजिम गठित समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here