विद्युत् ट्रान्सफर्मर चोरीले मधेसका किसान धुरुधुरु

मधेसमा सिँचाइ र खानेपानीका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर चोरीको शृंखला रोकिएको छैन। आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रदेशका चार जिल्लाबाट ५८ वटा ट्रान्सफर्मर चोरी भएका छन्। चोरीका २० वटा मुद्दा दर्ता भए पनि ६ जनामात्रै पक्राउ परेका छन्। पछिल्लो ५ वर्षमा भने मधेसमा एक सयभन्दा बढी ट्रान्सफर्मर चोरी भइसकेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ।

बर्दिबास : आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशबाट ५८ वटा विद्युत् ट्रान्सफर्मर चोरी भयो। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी महोत्तरीमा २८ वटा ट्रान्सफर्मर चोरी भयो। सर्लाहीमा १७, धनुषामा १० र रौतहटबाट ३ वटा ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ।

frontline

चोरीका २० वटा मुद्दा दर्ता हुँदा ६ जनामात्रै पक्राउ परेका छन्। यो तथ्यांकले विद्युत् ट्रान्सफर्मरको बढ्दै गएको घटना र प्रहरीले गरिरहेको फितलो अनुसन्धानको तथ्यलाई उज्जागर गर्छ। प्रहरी र विद्युत् कार्यालयलाई समेत चोरहरूले छक्याउँदै एकपछि अर्को गर्दै एक सय बढी ट्रान्सफर्मर चोरी गरेर रेकर्ड कायम नै गरेको छ।

तर, प्रहरीको अनुसन्धान भने चोरको रफ्तारभन्दा निकै कमजोर रहेको पीडित किसानहरू बताउँछन्। विशेष गरेर सिँचाइ र खानेपानीका लागि जडान भएको ट्रान्सफर्मर चोरी हुने गरेको छ। लाखौं मानिसहरू प्रत्यक्ष पीडित बनेको छ। प्रदेशभरीमा वार्षिक २० वटा ट्रान्सफर्मर चोरी हुने गरेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशको तथ्यांकले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here