गैरसरकारी संस्था र पालिकासँग मिलेर भोटेकोशी बाढी पीडितको अस्थायी आवास बनाउने निर्णय
काठमाडौं । सरकारले गएको भदौको १० मा आएको रसुवा–भोटेकोशी बाढीबाट पीडित परिवारलाई गैरसरकारी संघसंस्था तथा पालिकासँग मिलेर अस्थायी आवास निर्माण गर्ने भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो, त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ ।
साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरेको छ । बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ । प्राधिकरणका प्रवक्ता शान्ति महतकाअनुसार ‘ट्रान्जिसनल सेल्टर’ निर्माणका लागि गैरसरकारी संस्थाहरुसँग प्रस्ताव माग्ने निर्णय भएको छ ।






प्रतिक्रिया दिनुहोस्