न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ
काठमाडौं : न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन्। कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीले ठगी गरेको आरोपमा अनुसन्धान गर्न पाण्डेलेलाई नियन्त्रणमा लिएको बताए।
न्यू सफल ग्लोबल कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले कारबाहीको माग गरेकी थिइन्।






प्रतिक्रिया दिनुहोस्