काँग्रेसको १५ औँ महाधिवेशनका लागि सिँगारियो खुलामञ्च
काठमाडौं । नेपाली काँग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा सुरु हुँदै छ । देशभर तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने यस पाँचदिने महाकुम्भले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ । काठमाडौंको खुलामञ्चमा आज असोज १८ गते दिउँसो २ बजे भव्य समारोहका बीच नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने तय भएको छ ।

पाँच दिनसम्म चल्ने यस महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाउन खुलामञ्च परिसरलाई दुलहीझैँ सिङ्गारिएको छ भने सुरक्षा र प्राविधिक व्यवस्थापनलाई अन्तिम रूप दिइएको छ । महाधिवेशनमा भाग लिन देशभरिका निर्वाचन क्षेत्र तथा जनसम्पर्क समितिहरूबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू सङ्घीय राजधानी काठमाडौं आइपुगिसकेका छन् ।
प्रतिनिधिहरूको आवास व्यवस्थापन काठमाडौंका विभिन्न होटलहरूमा गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । साथै महाधिवेशन प्रतिनिधिका लागि खानाको प्रबन्ध भृकुटीमण्डपमा मिलाइएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले बताउनु भयो । उद्घाटन समारोहमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ ।
ताजा समाचार






प्रतिक्रिया दिनुहोस्