पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमै रोकिए

काठमाडौँ । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमा रोकिएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

frontline

पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ । यससँगै काठमाडौँबाट बाहिरिने सवारी साधनलाई उपत्यकामै होल्ड गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here