न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातक : एमाले सांसद बराल

राजनीतिक विश्लेषक भरतमणि दाहाललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। 

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

frontline

दाहाललाई प्रहरीले असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो।

गैरकानुनी पक्राउ भन्दै रिहाइको माग गरेर दाहालकी छोरी डेनिकाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। उक्त रिटमा मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले सुनुवाइ गर्दै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

भरत दाहाललाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

यस्तै सरकारसँग पक्राउ गर्नुको कारण पनि माग गरेको थियो। 

विवादास्पद अन्तरवार्तापछि उनलाई पक्राउ गरिएको थियो।

दाहालले अन्तरवार्तामा संविधान र कानूनविरुद्ध हिंसात्मक अन्दोलनको आह्वान गरेको भन्दै विद्युतीय कारोबार ऐन अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको छ। 

‘निवेदकले यो संविधान र कानूनविरुद्ध हिंसात्मक अन्दोलनको आह्वान गरेको भन्ने समेत नदेखिएको र नेपालको संविधानको धारा १७ (२) (क) ले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी मौलिक हकको शान्तिपूर्वक उपयोग गरी विचार अभिव्यक्त गरेको देखिएको स्थितिमा निवेदकलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नु पर्नेसम्मको कुनै पनि आधार र कारण यस अदालतबाट भएको आदेश बमोजिम प्राप्त अनुसन्धान मिसिलबाट देखिँदैन’, आदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here