न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातक : एमाले सांसद बराल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले न्यायपालिकाको स्वतन्त्रता र संविधानको सर्वोच्चतामाथि भइरहेको राजनीतिक प्रहारप्रति चिन्ता व्यक्त गरेका छन् । 

The current image has no alternative text. The file name is: guru-baral.jpg

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले अदालतका फैसलाप्रति चित्त नबुझे कानुनसम्मत बाटो रोज्न सकिने भएपनि न्यायाधीशलाई धम्क्याउने र दबाबमा राख्ने कार्य लोकतान्त्रिक संस्कार हुन नसक्ने  बताएका हुन् । सांसद बरालले २०८२ भदौ २४ को घटनालाई स्मरण गर्दै न्यायपालिकामाथिको हमलाले लोकतन्त्रको जग नै कमजोर हुने जिकिर गरे । उनले संविधानको धारा १०५ लाई उद्धृत गर्दै अदालतमा विचाराधीन मुद्दा र न्यायाधीशका कार्यबारे संसद्मा छलफल गर्न बन्देज रहेको स्मरण गराए । सत्तापक्षका सांसदहरूबाटै न्यायपालिका र न्यायाधीश लक्षित भइरहेका आपत्तिजनक अभिव्यक्तिहरूले न्यायिक स्वतन्त्रतामाथि नै प्रश्नचिह्न खडा गरेको उनको भनाइ छ ।

frontline

उनले भने, ‘अदालतलाई कमजोर पारेर लोकतन्त्र बलियो हुँदैन । सरकार र सत्तारुढ दलले संविधान र कानुनको सीमाबाहिर जाँदा रोक्नु अदालतको संवैधानिक कर्तव्य हो, त्यसैले अदालतसँग बदला लिने मानसिकता लोकतान्त्रिक हुन सक्दैन । अदालत कुनै सरकारको विरोधी होइन, संविधानको रक्षक हो । यदि आज अदालतलाई दबाउने बाटो खोजियो भने भोलि त्यसको मूल्य आम नागरिकले न्याय पाउने अधिकार गुमाएर चुकाउनुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here