२८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु, ३ हजार ८२ जना संक्रमणमुक्त

फ्रन्टलाइन कोभिड । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी कुल १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । संक्रमणकै कारण थप ५२ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेटसंगै हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

frontline

असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here