२४ घण्टामा ३,९३८ संक्रमित, ३७ को मृत्यु
बिहीबार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ गरी काठमाडौं उपत्यकामा १,०७५ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार उपत्यकामा १,२७९ जना कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्