२४ घण्टामा ३३८४ सन्क्रमित,६१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै देशभर थप ३ हजार ३८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

frontline

८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ ।

जसमध्ये ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ ।

उनीहरुमध्ये ६५ हजार ९५३ जना होम आइसोलेसनमा रहेका छन् भने ५ हजार ३४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

जसमध्ये १ हजार २०६ जनाको आईसीयू र ३७३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here