हेटौंडा अस्पतालका ३६ स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण

५ माघ, मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल) का ३६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बिहीबारदेखि आजसम्म ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए ।

frontline

अस्पतालको ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मीसहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरु ८ जनामा गरी कूल ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष प्रसाईले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई समेत संक्रमण पुष्टि भएको उनको भनाई छ ।

मकवानपुरमा कोरोना संक्रमणदर बढिरहेको अवस्थामा इमर्जेन्सी भएमा मात्र अस्पताल आउन अस्पताल प्रशासनले आम नागरिकहरुलाई आग्रह गरेको छ ।

हामीलाई माघ महिनाभर अस्पतालको सेवामा केही समस्या उत्पन्न भएता पनि विभिन्न नीजि अस्पताल तथा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु परिचालन गराउनको लागि सम्बन्धित निकायलाई जानकारी गरी आवश्यक पहल गरिने प्रसाईले बताए ।

संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आम नागरिक समक्ष आग्रह गरिएको छ ।

फ्रन्ट लाइनमा रहेका काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी लगायतलाई आजबाट बुस्टर डोज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here