स्थापना भयो कृषि ज्ञान केन्द्र -बागलुङ

बागलुङ नगरपालिकाको कार्यालय बजारबाट टाढा भएको भन्दै रात्माटाको नगरपालिका कार्यालय बागलुङ बजारमा झारियो ।

संघीयतामा देश जाँदै गर्दा जिल्लामा रहेका केही कार्यालयहरु खारेज भएपछि खाली भवनलाई कब्जाा लिएर नगरपालिकाले बागलुङ बजारबाट सेवा दिन थाल्यो ।

frontline

कर्मचारीको नेतृत्व हुँदा रात्माटामा बनाईएको सुविधा सम्पन्न भवन छाडेर बागलुङ बजारको

पुरानो कृषि कार्यालय र महिला विकास कार्यालयबाट नगरपालिकाले सेवा सुरु गरेको थियो ।

कृषि कार्यालय खारेज भएपछि कृषि ज्ञानकेन्द्र पर्वतको सम्पर्क कार्यालयको रुपमा रहेका कार्यालयलाई एउटा कोठा मात्रै छोडेर अरुमा नगरपालिकाले आफ्नो कार्यालय राखेको थियो ।

केही दिन अगाडी कृषि ज्ञान केन्द्रको प्रत्येक जिल्लामा शाखा खोल्नुपर्ने भन्दै गण्डकी प्रदेश सरकारले साविक कृषि विकास कार्यालयको भवन खाली गरिदिन बागलुङ नगरपालिकालाई पत्राचार समेत गरेको थियो । तर बागलुङ नगरपालिको भवन खाली नगर्ने स्पष्ट संकेत दिईसकेको छ ।

नगरपालिकाले कब्जामा लिएर आफ्नो कार्यालय सञ्चाल गरैकै साविक कृषि कार्यालयको भवनमा कषि ज्ञान केन्द्रको कार्यालय स्थापना भएको हो ।

बागलुङ पर्वत हेर्ने गरी पर्वतमा कृषि ज्ञानकेन्द्र राख्दा यहाँका किसानले झन् बढि सास्ती खेप्नु परेको भन्दै आलोचना भएपछि गण्डकी प्रदेश सरकार ११ जिल्लामै कृषि ज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय गरे अनुसार नै बागलुङमा कृषि ज्ञानकेन्द्रको कार्यालय स्थापना भएको हो । कृषि ज्ञानकेन्द्र पर्वतको सम्पर्क कार्यालयको रुपमा रहेको ठाउँमा कृषि ज्ञान केन्द्र बागलुङको स्थापना भएको कार्यालय प्रमुख भानु भट्टराईले जानकारी दिए ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशमा वरिष्ठ कृषि अर्थ विज्ञको रुपमा काम गर्दै आएका भट्टराईले पुस २० गतेदेखि कृषि ज्ञान केन्द्र बागलुङको प्रमुखको रुपमा काम सुरु गरेको बताएका छन् । एउटा कोठामा रहेको सम्पर्क कार्यालय अब १२ जना कर्मचारीको दरबन्दी सहित कृषि ज्ञान केन्द्र स्थापना भएको छ ।

अहिले कार्यालय प्रमुख सहित तीन जना मात्रै कर्मचारीले काम सुरु गरेका छन् । बागलुङ नगरपालिकाले भवन खाली नगरीदिएपछि एउटै कोठाबाट कृषि ज्ञानकेन्द्रको सेवा सुरु गरेको उनले बताए । ‘यो पहिले कृषि कार्यालयकै नाममा भएको भवन हो, नगरपालिका पछि आएर बसेको रहेछ,’ उनले भने,‘हामी पनि आएर यही बसेर सेवा सुरु गरेका छौं । अब त एउटा कोठाबाट काम गरेर सम्भव हुँदैन ।’

नगरपालिकाले कार्यालय अन्तै व्यवस्थापन गरेर आफुहरुलाई भवन खाली गरिदिने उनको विश्वास छ । ‘हामी अहिले यो विषयमा छलफलमै छौं,’ उनले भने,‘कृषि कार्यालयकै भवन भएका कारण पनि नगरपालिकाले अन्त भवन व्यवस्थापन गरेर हामीलाई छोडिदिने विश्वास छ ।’ कृषि ज्ञानकेन्द्रको स्थापना भएसंगै अब बागलुङका किसानलाई पर्वत जानुपर्ने बाध्यता हट्नेछ ।

बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले भने छलफल गरेर उचित निकास निकाल्ने बताए । ‘पहिले सम्पर्क कार्यालयको रुपमा मात्रै थियो र हामीले एउटा कोठामा राख्यौं,’ उनले भने,‘अहिले कार्यालय नै आएपछि अब एउटा पुग्दैन । त्यसको विषयमा छलफल हुँदैछ उचित निकास निस्केला ।’

कृषि ज्ञान केन्द्र सानो कार्यालय भएको र नगरपालिका ठूलो कार्यालय भएका कारण ज्ञानकेन्द्रका लागि कार्यालय खोज्ने विषयमा पनि छलफल चलेको उनले बताए ।

‘नगरपालिका लागि कार्यालय पुगेको छैन, तीन चार ठाउँबाट सेवा दिएका छौं,’ उनले भने,‘नगरपालिकाको तुलनामा ज्ञानकेन्द्रका लागि कार्यालय व्यवस्थापन गर्न सजिलो होला । ज्ञानकेन्द्र र नगरपालिका कार्यालय दुबै यहाँको नागरिकको सेवाका लागि हो । विकल्पछ निस्केला ।’

नगरपालिकाको कार्यालय ठूलो संरचना भएका कारण अन्त सार्न समस्या हुने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here