सेन्ट जेभियर्स विद्या मन्दिर विद्यालयको “आठौं वार्षिकोत्सब तथा अभिभावक दिवस ” सभ्य र भब्य रुपमा सम्पन्न

गत शनिबार तारकेश्वर -५ अर्यालटार स्थित सेन्ट जेभियर्स विद्या मन्दिर विद्यालयले आफ्नो “आठौं वार्षिकोत्सब तथा अभिभावक दिवस ” सभ्य र भब्य रुपमा सम्पन्न गरेको छ।
कार्यक्रममा विद्यार्थीहरुले मन्तव्य ,सामुहिक नृत्य ,गीत,नाट्क आदि प्रतिभाहरु अभिभावक सामु प्रस्तुत गरेका थिए ।
चर्चित हास्यकलाकार राजा राजेन्द्रले पनि कार्यक्रममा आफ्नो सानदार प्रस्तुतिले अभिभावक ,शिक्षक एवम विद्यार्थीहरुको मन जित्न सफल भएका थिए।
विद्यालयले आयोजना गरेको खेलकुद सप्ताह एवम विभिन्न प्र्तियोगिताहरुका विजयी विद्यार्थीहरुलाई
सिल्ड ,मेडल र प्रमाण-पत्रले सम्मान गरेको थियो।
विद्यालयका संस्थापक प्रधानाध्यापक अविनाश उप्रेतीले विद्यालयले आफ्नो भौतिक एवम शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापहरुमा विगत भन्दा धेरै सुधार गरेको कारण हरेक विद्यामा विद्यार्थीहरुले अब्बल नतिजा ल्याउन सफल भईरहेको बताउनु भएको थियो।
अभिभावक ,विद्यार्थी एवम स्थानीयहरु समेत गरि करिब १८०० मानिसहरु प्रत्येक्ष सहभागी भई कार्यक्रम अवलोक गरेका थिए।








प्रतिक्रिया दिनुहोस्