सर्वसाधारणमाथि कुटपिट गर्ने ४ ट्राफिक प्रहरीको गणमा सरुवा

News Summary
Generated by OK AI. Editorially reviewed.
- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुन्धाराको आकाशे पुलमुनि सर्वसाधारणलाई कुटपिट गरेको घटनामा संलग्न चार ट्राफिक प्रहरीलाई गणमा सरुवा गरेको छ।
- सर्वसाधारणमाथि कुटपिटको घटना २३ मंसिर २०८१ मा भएको थियो र ६ महिनापछि ११ वैशाखमा सार्वजनिक भएको थियो।
- उक्त घटनामा संलग्न ट्राफिक सई इश्र महर्जनसहितलाई जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गणमा पठाइएको छ।
२५ जेठ, काठमाडौं । सुन्धाराको आकाशे पुलमुनि सर्वसाधारणलाई कुटपिट गरेको घटनामा छानबिनमा तानिएका चार ट्राफिक प्रहरीको गणमा सरुवा गरिएको छ ।




चार जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर सशस्त्र प्रहरी गण नम्बर २ सामाखुसीमा सरुवा गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
सर्वसाधारण कुटपिट घटनामा ट्राफिक सई इश्र महर्जनसहितलाई गणमा पठाइएको एक अधिकृतले बताए ।
२३ मंसिर २०८१ मा सुन्धारामा सर्वसाधारणमाथि कुटपिट भएको घटना ६ महिनापछि ११ वैशाखमा बाहिरिएको थियो ।
त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्याय रानिपोखरीले उनीहरुको जिम्मेवारी खोस्दै छानबिन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्