सरकार र यातायात व्यवसायीबीच जुटेन सहमति, बन्द निरन्तर

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सरकार र यातायात व्यवसायीबीच आजको वार्तामा सहमति नजुटेको र भोली पनि बन्द जारी रहने निश्चित भएको छ।
  • नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले छलफल सकारात्मक रहेको र मंगलबार पुनः वार्ता हुने जानकारी दिए।
  • १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको र रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने नियमावलीको विरोध भएको छ।

१९ जेठ, काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् ।

frontline

चारवटै व्यवसायी महासंघले भोली पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले निरन्तर छलफल भइरहेको बताए । छलफल सकारात्मक ढंगले अगाडी बढेको उनले जानकारी दिए ।

अब पुनः मंगलबार साढे १० बजे वार्ता हुने समेत बताईएको छ । सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडी बढेको थियो ।

अरु बुँदामा सहमति नजिक कुराकानी भएको र १ नम्बर बुँदामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ ।

रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने भन्दै यस नियमावलीको विरोध गर्नु परेको सिटौलाले बताए ।

सरकार सहमति

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here