सरकारका नाममा अन्तरिम आदेश जारी

संक्रमितको उपचारका लागि अस्पतालमा औषधी, अक्सिजन र जनशक्तिको आपूर्ति तत्काल गर्नू

काठमाण्डु – सर्वोच्च अदालतले कोरोना भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको सहज व्यवथापन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

frontline

मंगलबार अदालतले संक्रमितको उपचारका लागि औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउन, साथै अस्पतालहरूमा विरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न अन्तरिम आदेश दिएको छ ।

‘आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधनयुक्त अस्पतालहरु सञ्चालमा ल्याउनु साथै अस्पतालहरुमा बिरामीहरुको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू’, आदेशमा भनिएको छ।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरले महामारीमा सहज स्वास्थ्य सेवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here